• २०८३ असोज २७ मंगलबार

कांग्रेसको जनसम्पर्क समितिबाट को को बने केन्द्रीय सदस्य ?

कांग्रेसको जनसम्पर्क समितिबाट को को बने केन्द्रीय सदस्य ?

काठमाडौँ । नेपाली कांग्रेसको जनसम्पर्क समितितर्फ केन्द्रीय सदस्यका सात पदका लागि भएको निर्वाचनमा विभिन्न क्षेत्रका सात उम्मेदवार विजयी भएका छन् ।

महिला दुई पदका लागि भएको निर्वाचनमा सीता सापकोटा घिमिरेले ३ हजार ११३ र चन्द्रा अधिकारी (चन्दा) ले २ हजार ८९६ मत प्राप्त गरेर विजयी भएका छन् ।

त्यस्तै युरोप क्षेत्रबाट केन्द्रीय सदस्यको एक पदमा जितेन्द्र विक्रम शाही १ हजार ४१२ मत प्राप्त गर्दै विजयी भएका छन् भने ओसियाना–अमेरिका क्षेत्रबाट सिए. विद्या भूषण कार्कीले १ हजार ९५२ मत प्राप्त गरेर विजयी भएका छन् ।

त्यस्तै, मध्यपूर्व क्षेत्रबाट पुरुषोत्तम खनालले २ हजार ९४ मत प्राप्त गरेर विजयी भएका छन् भने प्यासिफिक क्षेत्रबाट डा. बलराम श्रेष्ठले १ हजार ९२० मत पाएर विजयी भएका छन् । त्यस्तै भारत क्षेत्रबाट बालकृष्ण पाण्डेले ३ हजार ८२७ मत प्राप्त गरेर विजयी भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै