• २०८३ कार्तिक ७ शुक्रबार

चलचित्र 'कबड्डी ५- द फाइनल म्याच' आजदेखि प्रदर्शनमा

चलचित्र  'कबड्डी ५- द फाइनल म्याच' आजदेखि प्रदर्शनमा

काठमाडौं । चर्चित फ्रेन्चाइज फिल्म ‘कबड्डी’को पाँचौं  श्रृंखलालाई ‘द फाइनल म्याच’ आजदेखि  देशभरका सिनेमाघरमा प्रदर्शनमा आएको छ ।

यो फिल्मको पहिलो दुई भागमा काजीले मैयाँलाई एकोहोरो प्रेम गरेका थिए भने त्यसपछिका दुई भागमा काजीको जीवनमा नयाँ सोल्टिनीहरू आएका थिए । अब भने ‘कबड्डी ५’मा काजी र मैयाँको मिलन भएको छ भने काजीको जीवनमा अवरोध खडा गर्न विपिन कार्कीको आगमन भएको ट्रेलरबाट बुझ्न सकिन्छ । 

रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको यस फिल्ममा दयाहाङ राई, विपिन कार्की, रिश्मा गुरुङ, सिर्जना गुरुङ, विजय बराल, बुद्धि तामाङ, मिरुना मगर, पुष्कर गुरुङ, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, माओत्से गुरुङ, कमलमणि नेपाल, विष्णु मोक्‍तान, सुरज यादव, रमेश बज्राचार्य, ज्ञानु जोशीलगायतको अभिनय देख्न सकिनेछ । 

बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्ममा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ निर्मातामा छन् । सागर राज कार्यकारी निर्माता रहेको फिल्ममा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन तथा सुरेन्द्र पौडेलको सम्पादन छ । 

यस फिल्मले नेपाली बक्स अफिसमा असोज ३० गतेदेखि प्रदर्शनमा आएको अ बाट आमा- २ र असोज ३१ गतेदेखि प्रदर्शनमा आएको छ माया छपक्कै- २ सँग प्रतिष्पर्धा गर्ने भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै