काठमाडौँ । जापानका लागि प्रस्तावित नेपाली राजदूत जीज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन् ।
संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले थापाले थापाले आफ्नो नाम फिर्ता लिएको निवेदन समितिमा सुनाएका हुन् ।
संसदीय सुनुवाइ समितिको आज बस्ने बैठक अघि भएको अनौपचारिक छलफलमा जापानको प्रस्तावित राजदुतमा थापाको स्वार्थ बाझिने विषय भएको विषय जानकारी गराएकोले थापा आफैले नाम फिर्ता लिने बताएको श्रेष्ठले जानकारी दिए ।









