• २०८३ कार्तिक १७ मंगलबार

संघीय संसदका दुई समितिको बैठक बस्दै

संघीय संसदका दुई समितिको बैठक बस्दै

काठमाडौं । प्रतिनिधि सभा र राष्ट्रिय सभाका दुई संसदीय समितिको बैठक आज बस्ने भएका छन् ।

प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक दिउँसो १ बजे बस्दैछ । बैठकमा मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि छलफलका लागि स्वीकृत संशोधनका सूचनाबारे संशोधन प्रस्तुत गर्ने सांसदहरूसँग छलफल हुने समितिले जनाएको छ ।

उक्त छलफलमा कानुनमन्त्री र मन्त्रालयका सचिवलाई समेत आमन्त्रण गरिएको छ ।

त्यस्तै, राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक पनि आज बस्दैछ । बैठकमा ऐन कार्यान्वयन मापन अध्ययन सिफारिस उपसमिति र विधायिकी अन्तरसम्बन्ध अध्ययन सिफारिस उपसमितिका प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै