• २०८३ कार्तिक २० शुक्रबार

विपद बारेको संसदीय विशेष समितिको बैठक बस्दै

विपद बारेको संसदीय विशेष समितिको बैठक बस्दै

काठमाडौं । भोटेकोशी–त्रिशूली विपद्पछिको उद्धार, राहत, पुनर्निर्माण तथा पुनर्स्थापनाका कामको प्रगतिबारे संसदीय विशेष समितिले जानकारी लिने भएको छ ।

हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक शुक्रबार बस्ने भएको हो ।

बैठकमा अर्थ मन्त्रालय र पूर्वाधार विकास मन्त्रालयसँग विपद्पश्चात् गरिएका उद्धार, राहत तथा पुनर्निर्माण र पुनर्स्थापनाका कार्यहरूको पछिल्लो प्रगति विवरणबारे जानकारी लिने कार्यसूची रहेको छ ।

बैठक बिहान ९:३० बजे पूर्वाधार विकास समितिको हलमा बस्ने समितिले जनाएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय