काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले टस जितेको छ ।
पोखराका कप्तान चामिका करुनारत्नेले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् । योसँगै चितवन राइनोजले पहिला ब्याटिंग गर्ने भएको छ । पोखराले नियमित कप्तान कुशल भुर्तेललाई हटाएर चामिकालाई कप्तान बनाएको छ ।
जारी प्रतियोगितामा चितवन राइनोजले ३ खेलमा एक जित र एक हार बेहोरेको छ भने एक खेल रद्ध भएको थियो । त्यस्तै पोखरा राइनोजले भने लगातार तीन हार बेहोरेको छ ।









