काठमाडौं । नेपाली कांग्रेस शेरबहादुर देउवा समूहका नेता डा. शशांक कोइरालाले गगन थापालाई जति गाली गर्यो, त्यति नै उनको महत्व बढ्ने बताएका छन् ।
शनिबार देउवा समूहको काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्ने क्रममा डा. कोइरालाले थापाको विषयमा धेरै चर्चा नगर्न देउवा समूहका नेताहरूलाई आग्रह गरेका हुन् । ‘
उनले भने- 'जति गगन थापाको कुरा गर्यो, त्यति नै उनको महत्व बढ्छ, त्यसैले कुरै नगरौं ।' गगन थापालाई लक्षित गर्दै उनले हरेक कार्यक्रममा नाम उच्चारण गर्न आवश्यक नरहेको बताए ।
उनले आफुले अहिले पार्टीको महाधिवेशन उत्साहजनक रुपमा भइरहेको प्रति उत्साहित रहेको बताउदै नेता कार्यकर्तालाई अझ खटेर लाग्न आग्रह गरे ।









