काठमाडौँ । रणवीर कपुर अभिनीत बलिवुड फिल्म ‘रामायण’ ले प्रदर्शनको शानदार कमाई जारी राखेको छ । नोभेम्बर ५ मा प्रदर्शनमा आएको फिल्मले घरेलु बक्स अफिसमा पहिलो तीन दिनमा १८२.७० करोड कमाएको छ ।
फिल्मले दिन ६४.८५ करोड भारु कमाएकोमा दोस्रो दिन ४८.५ करोड भारु र तेस्रो दिन ६९.८० करोड कमाएको छ ।
तीनदिनको कमाइसँगै भारतमा फिल्मको कुल खुद आम्दानी १८२.७ करोड भारु पुगेको छ । त्यस्तै, फिल्मले भारत बाहिर तीन दिनमा १५७.२५ करोड कमाउदै विश्वभर तीन दिनमा ३७५.५ करोड भारु कमाएको छ ।
मिडिया रिपोर्टका अनुसार फिल्मका दुवै भाग निर्माण गर्न करिब ४ हजार करोड भारु खर्च हुँदैछ । यो बजेटसँगै फिल्म विश्वकै महँगा चलचित्रमध्ये एक बनेको छ । फिल्मले दिपावलीको फाइदा उठाएर कमाई नबढेमा फिल्म बक्स अफिसमा फ्लप हुनसक्ने अड्कलबाजी शुरु भएको छ । पहिलो भागका लागि नै २ हजार करोड भन्दा बढी खर्च भएको भनिएको यो फिल्म फ्लप भएमा दोस्रो भाग बन्ने विषय अनिश्चित हुने समेत बताइएको छ ।
नितेश तिवारीको निर्देशनमा बनेको फिल्ममा रणवीर कपुर, यश, साई पल्लवी, सनी देओल, रवि दुबे, अनुपम खेरलगायत कलाकारको अभिनय रहेको छ ।
फिल्मले हाल प्रदर्शनरत रजनीकान्तको ‘जेलर २’ र आयुष्मान खुराना तथा सारा अली खान अभिनीत ‘उड्ता तीर’सँग बक्स अफिसमा प्रतिस्पर्धा गरिरहेको छ । ‘जेलर २’ ले विश्वभर ८०० करोड भारुभन्दा बढी कमाइसकेको समाचारमा उल्लेख छ ।









