चितवन । भरतपुर महानगरपालिका–१६ फुर्तीचोकमा कारले पैदलयात्रीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
शुक्रबार बिहान ९ बजे फुर्तीचोकबाट नवीनचोकतर्फ जाँदै गरेको बा.प्र.०१–०३४ च ९२२१ नम्बरको विद्युतीय कारले पैदलयात्रीलाई ठक्कर दिएको थियो । दुर्घटनामा भरतपुर महानगरपालिका–१५ निवासी ३० वर्षीया पार्वती भुजेल गम्भीर घाइते भएकी थिइन् ।
उनलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल पुर्याइएकोमा चिकित्सकले बिहान मृत घोषणा गरेका थिए। दुर्घटनामा घाइते भएका अन्य दुई पैदलयात्रीको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।
प्रहरीले कार र चालक भरतपुर महानगरपालिका–१६ फुर्तीचोक निवासी ३३ वर्षीय मनोज पौडेललाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









