• २०८३ कार्तिक २८ शनिबार

मन्त्रीद्वय लम्साल र पौडेलसँग भारतीय राजदूत दलेलाको छुट्टाछुट्टै भेटवार्ता

मन्त्रीद्वय लम्साल र पौडेलसँग भारतीय राजदूत दलेलाको छुट्टाछुट्टै भेटवार्ता

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलसँग नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाले छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।

पूर्वाधार विकासमन्त्री लम्सालसँगको भेटमा दुई देशबीच पूर्वाधार विकास तथा सम्पर्क सञ्जालका क्षेत्रमा सहकार्य थप विस्तार गर्ने विषयमा छलफल भएको थियो । बहुआयामिक नेपाल–भारत साझेदारीलाई थप अगाडि बढाउन मिलेर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।

त्यस्तै, पर्यटनमन्त्री पौडेलसँगको भेटमा सम्पर्क सञ्जाल विस्तार, जनस्तरको सम्बन्ध र पर्यटन प्रवर्द्धनका विषयमा विचार आदानप्रदान भएको थियो । दुवै पक्षले नेपाल–भारतबीचको घनिष्ठ मित्रता र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन्  ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै