• २०८३ कार्तिक २८ शनिबार

पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–५ जिरो नजिक रोकिराखेको बोलेरो जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो लु ३ च ५२७४ नम्बरको रोकिराखेको बोलेरो जिपको पछाडि ग २३ प १७१६ नम्बरको स्कुटर ठोक्किएको थियो ।

दुर्घटनामा स्कुटरमा सवार अन्दाजी २५ र २२ वर्षीय दुई पुरुष गम्भीर घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि अस्पताल लगिएकोमा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक दुवैको नाम, थर र ठेगाना खुल्न सकेको छैन । प्रहरीले दुवै सवारीसाधन र बोलेरो चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै