• २०८३ मङ्सिर १ मंगलबार

परराष्ट्रमन्त्री खानालसँग भारतीय राजदूत दलालको शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री खानालसँग भारतीय राजदूत दलालको शिष्टाचार भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतीय राजदूत सुधाकर दलालले शिष्टाचार भेटवार्ता गरेका छन् । उनीहरूबीच आज परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो ।

भेटका अवसरमा परराष्ट्रमन्त्री खनालले राजदूत दलाललाई नेपालका लागि नियुक्त भएकोमा बधाई दिँदै सफल र फलदायी कार्यकालको शुभकामना दिएका थिए ।

भेटमा नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा छलफल भएको थियो। साथै दुवै देशबीच लामो समयदेखि कायम मित्रता र सहकार्यलाई थप सुदृढ बनाउने उपायबारे विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै