• २०८३ मङ्सिर ८ मंगलबार

इरानको अडान, सात सर्त पूरा नभएसम्म अमेरिकासँग वार्ता हुदैन

इरानको अडान, सात सर्त पूरा नभएसम्म अमेरिकासँग वार्ता हुदैन

काठमाडौँ । इरानको संसद्का सभामुख तथा अमेरिकासँगको वार्तामा इरानका प्रमुख वार्ताकार मोहम्मद बगेर गालिबाफले इरानले अघि सारेका सात सर्त पूरा नभएसम्म अमेरिकासँग कुनै पनि वार्ता नहुने बताएका छन् ।

मंगलबार संसद्मा सम्बोधन गर्दै गालिबाफले इरानको अडान पहिले नै स्पष्ट पारिसकेको उल्लेख गर्दै सात सर्त पूरा नहुँदासम्म कुनै कदम नचाल्ने र वार्ता पनि नगर्ने बताएका हुन् ।

उनले शत्रुका गतिविधिको जवाफ दिन इरान तयार रहेको चेतावनीसमेत दिएका छन् । शत्रु पक्षबाट कुनै गल्ती भए युद्धको भौगोलिक स्वरूप नै परिवर्तन गर्न आफूहरू तयार रहेको उनको भनाइ थियो ।

इरानले अमेरिकासमक्ष सात मागसहितको प्रस्ताव पेस गरेको जनाएको छ । इरानका अनुसार ती सर्त पूरा भए तोकिएको अवधिको अन्त्यमा होर्मुज जलमार्ग खोलिनेछ। त्यसपछि अमेरिकासँग स्थायी सम्झौताका लागि वार्ता सुरु हुनेछ ।

इरानका सर्तमा सबै मोर्चामा युद्ध अन्त्य गर्नुपर्ने, लेबनानमाथि इजरायलले गरिरहेका आक्रमण रोक्नुपर्ने, इरानमाथिको समुद्री नाकाबन्दी हटाउनुपर्ने र अमेरिकाले इरानमाथि लगाएका प्रतिबन्ध फुकुवा गर्नुपर्ने माग समावेश छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै