• २०८३ कार्तिक ३० सोमबार

इरानसँग २५ सयसम्म क्षेप्यास्त्र रहेको अमेरिकी गुप्तचरको अनुमान

इरानसँग २५ सयसम्म क्षेप्यास्त्र रहेको अमेरिकी गुप्तचरको अनुमान

काठमाडौं । इरानसँग अझै १ हजार ५०० देखि २ हजार ५०० सम्म क्षेप्यास्त्र रहेको अमेरिकी गुप्तचर निकायले अनुमान गरेको छ ।

अमेरिकी अखबार वाल स्ट्रिट जर्नलका अनुसार इरानसँग युद्ध पुनः सुरु भएमा अमेरिका र उसका सहयोगीका सैन्य अखडामा आक्रमण गर्न सक्ने क्षमता अझै कायम छ ।

अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै प्रकाशित समाचारमा इरानसँग रहेका क्षेप्यास्त्रको यकिन सङ्ख्या पत्ता लगाउन कठिन रहेको उल्लेख छ । क्षेप्यास्त्रको निगरानी र अवस्थाबारे जानकारी जुटाउन चुनौती रहेकाले कति क्षेप्यास्त्र आक्रमणका लागि तयार छन् र कति भण्डारणमा छन् भन्ने विषयमा पनि स्पष्ट अनुमान गर्न नसकिएको अधिकारीहरूले बताएका छन् ।

यसैबीच, इरानी संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले इरान अब युद्ध र शान्तिबीचको अनिश्चित अवस्थामा नरहने बताएका छन् । अमेरिकाले इरानका सात उचित सर्त स्वीकार गरेमा सम्झौताको बाटो खुला रहने भन्दै उनले अमेरिकाले अर्को गल्ती गरे युद्धको मैदानको दिशा इरानी सशस्त्र सेनाले निर्धारण गर्ने चेतावनी दिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै