Skip This
  • २०८३ मङ्सिर ११ शुक्रबार

आर्थिक संकटपछि नर्वेको नर्स एट्लान्टिक एयरवेजका सबै उडान बन्द

आर्थिक संकटपछि नर्वेको नर्स एट्लान्टिक एयरवेजका सबै उडान बन्द

काठमाडौं । गम्भीर आर्थिक संकटमा परेको नर्वेको सस्तो हवाई सेवा प्रदायक कम्पनी नर्स एट्लान्टिक एयरवेजले आफ्ना सबै उडान स्थगित गरेको छ। कम्पनीले तत्काल आर्थिक स्रोत जुटाउन नसके टाट पल्टिने प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ ।

१२ वटा बोइङ ७८७ विमान सञ्चालन गर्दै आएको कम्पनीले बेलायत, इटाली र नर्वेसहितका युरोपेली विमानस्थलबाट लामो दूरीका उडान गर्दै आएको थियो । उडान स्थगनका कारण यात्रुहरू प्रभावित भएका छन् भने पाकिस्तान इन्टरनेसनल एयरलाइन्सका केही उडानसमेत रद्द भएका छन् ।

पाकिस्तान इन्टरनेसनल एयरलाइन्सले बेलायतका सबै उडान अब आफ्नै विमानबाट सञ्चालन गर्ने जनाएको छ । नर्स एट्लान्टिकको आर्थिक संकट चर्किनुमा इरान युद्धका कारण बढेको इन्धन मूल्य प्रमुख कारण मानिएको छ । कम्पनीले चालु वर्षको पहिलो ६ महिनामा ९ करोड ४६ लाख अमेरिकी डलर घाटा बेहोरेको थियो ।

कम्पनीले सम्भावित खरिदकर्ता तथा लगानीकर्तासँग छलफल गरिरहेको जनाएको छ । तर, छिट्टै आर्थिक समाधान ननिस्किए सञ्चालक समितिले कम्पनीलाई टाट पल्टिएको घोषणा गर्ने प्रक्रिया अघि बढाउने जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै