Skip This
  • २०८३ मङ्सिर ११ शुक्रबार

झापा र कैलालीबाट जबरजस्ती करणीका आरोपी पक्राउ

झापा र कैलालीबाट जबरजस्ती करणीका आरोपी पक्राउ

काठमाडौँ  । झापा र कैलालीमा जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

झापाको मेचीनगर नगरपालिका–९ लिलाबस्तीका ४६ वर्षीय तिलक श्रेष्ठ ६० वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । पीडित महिलाले दिएको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको टोलीले उनलाई बिहीबार दिउँसो पक्राउ गरेको हो ।

त्यस्तै, कैलालीको कैलारी गाउँपालिका–१ का ३३ वर्षीय महेश चौधरी १७ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । बालिकामाथि जबरजस्ती करणी गरेको उजुरीपछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले उनलाई बिहीबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ । दुवै घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै