मुम्बई। बलिवुड अभिनेता सलमान खानलाई हरेक समारोहमा या अवसरमा को चर्चा हुने गर्दछ। ५२ बर्षिय अभिनेता खानलाई बलिवुड अभिनेत्री रानी मुखर्जीले भने अनौठो सल्लाह दिएकी छन् । रानीले सलमानलाई विवाह नगर्न र सिधै बच्चा जन्माउन सल्लाह दिएकी छन्।
विवाहको प्रश्नबाट सधै बच्दै आएका सलमान भने हालै आफ्नो टेलिभिजन शो दशका दममा आएकी रानीको विवाहको प्रश्न र जवाफले हैरान भएका छन्। अभिनेता शाहरुख खानसँग सलमानको शो मा आएकी रानीले सलमानलाई अब विवाह नगर्न सल्लाह दिदै बच्चा बहने जन्माउन आग्रह गरिन। उनले भनिन्, 'तिमी अब विवाह गर्न छोड सिधै बच्चा जन्माउ'
फिल्म निर्देशक निर्माता आदित्य चोपडासँग विवाह गरेर एक छोरीकी आमा बनेक रानीको सल्लाहले सलमान खान हैरान भएका थिए भने शो मा उपस्थित दर्शक भने हासेका थिए।
अहिले बलिवुडमा सेरोगेसीबाट बच्चा जन्माउने चलन बढेको छ। अभिनेता शाहरुख खानका कान्छा छोरा अबराम पनि सेरोगेसीबाट नै जन्मिएका हुन् भने निर्देशक निर्माता करण जोहर, अभिनेता तुषार कपुर, अभिनेत्री सन्नी लियोनीले सेरोगेसीबाट आफ्ना बच्चा जन्माएका छन् ।