• २०८१ बैशाख १७ सोमबार

पुटिनले टर्कीका समकक्षी एर्डोगानलाई भेट्ने तयारी 

kharibot

मस्को। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले टर्कीका समकक्षी रिसेप तैयप एर्डोगानलाई भेट्ने तयारी गरेका छन् । इरानको तेहरानमा हुने एउटा शिखर सम्मेलनका क्रममा उनले “भेट्ने तयारी सुरु भएको” रूसी राष्ट्रपतिको कार्यालयले शुक्रबार जनाएको छ । 

सिरियामा भइरहेको द्वन्द्व अन्त्यका बारेमा तीन देशका शिर्ष नेताहरुले भेटेर छलफल गर्ने कार्यक्रम रहेको छ । टर्कीका सञ्चार माध्यमहरूका अनुसार इरान, रुस र टर्कीका राष्ट्रपतिबीच आउँदो सेप्टेम्बर ७ तारिखका दिन भेट्ने तय भएको जनाइएको छ । 

निजी क्षेत्रको एनटीभी टेलिभिजनले इरानको उत्तरी सहर ताब्रिजमा सम्मेलन हुने समाचार प्रसारण गरेको छ । यी तीन नेताहरुबीच यसअघि सोचीको रुसी रिसोर्ट सिटिमा र टर्कीको राजधानी अङ्कारामा भेट भएको थियो । 

अव हुने तय भएको शिखर सम्मेलनमा छलफलको मुख्य एजेण्डा सिरियामा भएको द्वन्द्वको समाधान नै हुने अपेक्षा गरिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै