• २०८१ बैशाख १४ शुक्रबार

गायिका विष्णुमाया पौडेल र रविन लामिछानेको तिजको कोशेली ‘शहर आएपछि’ सार्वजनिक

kharibot

काठमाडौँ। लोकदोहोरी गायिका एवं मोडल विष्णुमाया पौडेलको तीजको कोशेली स्वरुप ‘शहर आएपछि’ भन्ने गीत सार्वजनिक भएको छ । रविन लामिछानेको शब्द र लय रहेको यो गीतमा गायिका विष्णुमाया पौडेल र गायक रविन लामिछानेले स्वर दिएका छन् ।

मारुनी रेकेडिङ स्टुडियोमा रेकडिङ भएको यो गीतमा मुख्य अभिनयमा मोडल चन्द्रमणी मुडभरी र विष्णुमाया पौडेल देखा परेका छन् भनि यसमा शोभा वस्नेत, शेर वहादुर खत्री, चिनिमाया वस्नेत, कुशल कटुवाल,मनिता श्रेष्ठ कृष्णराज तिमल्सेना लगायत अन्य व्यक्तिहरुको पनि उत्तिकै भुमिका रहेको छ । 

यो भिडियोको छायाँङ्कन रोहित विक्रम कार्की साथै सम्पादन सुरेस राउतले गरेका हुन् भने निर्देशन चन्द्रमणी मुडभरीले गरेका छन् । यसको दृश्य निर्माण ब्लाक स्टोन फिल्म्सले गरेको हो । यो गीतले गाउँबाट स्कुल सकेर शहर आएपछि एउटा विद्यार्थीहरुको मनमाहुने तरङ्गलाई अजागर गर्न खोजेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै