काठमाडौँ। स्पेनिस ला लिगामा रियल म्याड्रिडले यस सिजनमा विजय यात्रा जारी राखेको छ। रियल म्याड्रिडले रोनाल्डो बिना नै यस सिजनमा लागातार खेलमा जित हासिल गरेको छ। गएराती भएको खेलमा रियल म्याड्रिडले लेगानेजलाई ४-१ गोल गरेको छ।
रियलको जितमा करिम बेन्जामाले २ गोल गरे भने ग्यारेथ बेल र सर्जियो रामोसले एकके गोल गरेका थिए। त्यस्तै लेगानेजका लागि गौडियो कारिलियोले एक गोल गरेका थिए ।
यो जितसंगै रियल म्याड्रिडले ३ खेलमा जित हासिल गर्दै ९ अंक बटुल्दै ला लिगाको शिर्ष स्थानमा रहेको छ।