काठमाडौं । गत साउन २८ गते राजधानीको बानेश्वरबाट हराएकी बालिका निक्की पराजुली वीरगञ्जमा फेला परेकी छिन् ।
उनलाई गत आइतबार वीरगञ्जमा प्रहरीले फेला पारेको हो ।
हाल उनलाई केही दिनपछि परिवारको जिम्मा लगाइने महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।
उनी भ्याली भ्यु बोर्डिंगमा १० कक्षामा पढ्छिन् ।
उनी घरबाट निस्किएपछि फर्केर घर नआएपछि परिवारले महानगरीय प्रहरी वृत्त गौशालामा जानकारी दिएका थिए ।
सोहीअनुसार प्रहरीले खोजी गरिरहेको थियो ।
१५ वर्षकी उनी साथीको लहैलहैमा वीरगंज गएको प्रहरीको भनाइ छ ।