• २०८१ बैशाख १६ आइतबार

नबिल बैंकले विदेश पढ्न जानेलाई सहजै शैक्षिक कर्जा दिने 

kharibot

काठमाडौं । नबिल बैंकले उच्च शिक्षाको लागि विदेश जान चाहने विद्यार्थीहरुका लागि प्रदान गरिने शैक्षिक कर्जाको प्रकृयालाई अझै सहज बनाएको छ । अब विद्यार्थीहरुले सम्बन्धित कलेज÷विश्वविद्यालयबाट भर्नाको लागि अफर–लेटर प्राप्त गर्नुअघि नै शैक्षिक कर्जाको लागि बैंकमा आवेदन गर्न सक्नेछन् । 

विद्यार्थीहरुले प्रयासरत कलेज÷विश्वविद्यालयको पाठ्यक्रम र त्यसको लागि लाग्ने अनुमानित खर्च प्रष्टपार्ने कागजात सहित बैंकको कुनै पनि शाखामा सम्पर्क गर्न सक्नेछन् । यो नयाँ व्यवस्थाले शैक्षिक कर्जा सेवा प्रदान गर्न अत्यन्त सहज हुने अपेक्षा गरिएको छ, जसबाट विद्यार्थीलाई एकातिर कर्जा प्रक्रियाको लागि पर्याप्त समय उपलब्ध हुनेछ  । 

संशोधित शैक्षिक कर्जा प्रकृयाको वारेमा जानकारी गराउनको लागि बैंकले विभिन्न शैक्षिक परामर्शदाताहरुसँग गत ८ गतेमा अन्तक्र्रिया कार्यक्रम सञ्चालन गरेको थियो । उक्त अन्तक्र्रिया कार्यक्रम बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्यालले उद्घाटन गरेका थिए  ।

सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह लगायत अन्य वरिष्ठ व्यवस्थापकहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा शाहले भने, “विद्यार्थीहरुको लागि अझ राम्रो सेवा प्रदान गर्ने उद्देश्यले शैक्षिक कर्जा प्रकृया सरल र सहज बनाइएको  हो ।

यस्तो प्रकारको कर्जा आवेदन गर्न अब विद्यार्थीहरुले कलेज÷विश्वविद्यालयबाट अफर–लेटरको लागि लामो समय प्रतिक्षा गरिरहनुपर्दैन । नबिल बैंक आफ्ना सबै ग्राहकहरुलाई सरल किसिमबाट सेवा प्रदान गर्न सँधै प्रतिवद्ध रहेको छ ।”

नबिल बैंकले ७४ शाखाहरु, ११८ एटिएम काउण्टर, १५०० भन्दा बढी रेमिट एजेण्ट सहितको ब्यापक स्थानीय सञ्जाल तथा संसार भरीका प्रशस्त सम्पर्क संस्थाहरुको माध्यमबाट देश–विदेशमा आफ्नो सेवालाई विस्तार गरिरहेको छ । यस बैकले आफ्ना सबै सरोकारवालाहरुसँग साथै अगाडी बढ्ने कुरामा विश्वास गर्दछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय