• २०८१ बैशाख १७ सोमबार

प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रविरुद्ध चार उजुरी दर्ता

kharibot

काठमाडौँ। प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रविरुद्ध संसदीय सुनुवाइ समितिमा चार उजुरी दर्ता भएका छन् । समितिले १० दिनको समयसीमा तोकेर उजुरी आह्वान गरेको थियो । उक्त समयसीमा बुधबार सकिएको हो ।

सङ्घीय संसद् सचिवालयका अनुसार बुधबार साँझसम्म चारवटा उजुरी दर्ता भएका हुन् । सचिवालयले औपचारिक रुपमा उजुरी सार्वजनिक भने गरेको छैन । उजुरी सार्वजनिक गर्न शुक्रबार बिहान बैठक बोलाइएको संसद् सचिवालयले जानकारी दिएको छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय