• २०८१ बैशाख १७ सोमबार

हाम्रो वरिपरि नै छन् क्यान्सरका प्रमुख कारक तत्त्व  

kharibot

हाम्रो वरिपरि नै वातावरणमा क्यान्सर उत्पन्न गर्ने तत्त्व अथवा केमिकलहरू छन् । हामीले ती केमिकललाई देख्न सक्दैनौं, तर तिनले थाहै नपाई हामीलाई क्यान्सरको नजिक पुर्याइरहेका हुन सक्छन् । 

क्यान्सर धेरै खतरनाक रोग हो । समयमा नै यसको उपचार हुन नसके यसले मृत्युको मुखमा पनि पुर्याउन सक्छ । मानवीय गतिविधिका करण हावा, पानी, माटो, वातावरण आदि सबै प्रदूषित भइरहेका छन् । यस्तोमा शरीररलाई पूर्ण रूपमा स्वस्थ राख्नु ठूलो चुनौती हो । विश्व स्वास्थ्य सङ्गठनको एक अध्ययन प्रतिवेदनअनुसार समग्र विश्वमा जति पनि बालबालिका रोगी छन्, त्यसको प्रमुख कारण प्रदूषित वातावरण नै हो । यसमा क्यान्सरजस्तो प्राणघातक रोग पनि पर्छ । कलकारखाना, गाडी आदिबाट निस्किने प्रदूषणका कारण क्यान्सरको खतरा तीव्र गतिमा बढिरहेको छ । 

१. कार्सिनोजेन्स
कार्सिनोजेन्स नामक तत्त्व क्यान्सरको प्रमुख कारक हो । कार्सिनोजेन्स नामक केमिकल हावामा सजिलै घुल्छ । यो अत्यन्त सूक्ष्म हुन्छ र हरेक क्षेत्रमा फैलिएको हुन सक्छ । यदि औद्योगिक क्षेत्रको नजीक तपाईंको घर छ भने तपाईं यस तत्त्वको सम्पर्कमा आउने सम्भावना बढी रहन्छ । यो यति सूक्ष्म हुन्छ कि क्यान्सरको परीक्षणको क्रममा पनि यसको पत्ता लगाउन सकिँदैन । 

२. विषालु धातु 
प्रदूषण फैलिएको ठाउँमा विषालु धातुहरू जस्तै अभ्रक, सिलिकन आदि पाइन्छन् । यस्ता धातुले क्यान्सर लाग्न सक्छ । औद्योगिक क्षेत्रवरिपरि भएको घरमा बस्ने मानिसहरूलाई सिलिकन र अभ्रकको कारण क्यान्सर र छालासम्बन्धी रोग लाग्न सक्छ तथा रगतमा विष मिसिनाले ज्यानै पनि जान सक्छ । विषालु धातु हावाको माध्यमले शरीरमा सजिलै प्रवेश गर्न सक्छन् । 

३. रेडिएशन (किरण)
कुनै पनि प्रकारको रेडिएशन क्यान्सरको कारक हुन सक्छ । सूर्यबाट निस्किने अल्ट्राभायोलेट किरण पनि छालाको क्यान्सरको कारण हुन सक्छ । विश्व स्वास्थ्य सङ्गठनको एक अध्ययन प्रतिवेदनअनुसार परावैजनी किरणसँग धेरै समय सम्पर्कमा आउनाले मेलिग्नेट मेलानोमा र स्किन कार्सिनोमा नामक क्यान्सर हुन सक्छ । यसबाहेक एक्स–रे तथा उपचारको क्रममा प्रयोग गरिने अन्य रेडिएशन पनि क्यान्सरको कारक हुन सक्छन् । 

४. डिजेलको धुवाँ
डिजेलको धुवाँले कार्सिनोजेन्सलाई वातावरणमा फैलाउने काम गर्छ । डिजेलबाट चल्ने फ्याक्ट्री र गाडीबाट निस्किने धुवाँ फोक्सोको क्यान्सरका लागि कारक हो । औद्योगिक क्षेत्र र ट्राफिक धेरै हुने क्षेत्रमा बसोबास गर्ने मानिसलाई धुवाँका कारण क्यान्सर हुने सम्भावना बढी हुन्छ । 

५. रेडन
यो एक प्रकारको रङ र गन्धहीन ग्यास हो । यो माटो र पहाडी चट्टानभित्र पाइन्छ । जुन घर धेरै उचाइमा हुन्छन् र जुन घर जमीनमुनि बनाइएका हुन्छन्, ती स्थानमा रेडनको खतरा हुन्छ । विशेषतः अण्डरग्राउण्डवाला घरमा यसको समस्या बढी हुन सक्छ । 

६. धूम्रपान
प्रत्यक्ष होस् अथवा अप्रत्यक्ष जस्तै भए पनि धूम्रपान क्यान्सरको प्रमुख कारण हो । अप्रत्यक्ष धूम्रपान प्रत्यक्ष धूम्रपानभन्दा अझ बढी खतरनाक हुन्छ । चुरोटमा निकोटिनबाहेक ४ हजार अन्य खतरनाक केमिकल हुन्छन् । यसमा कार्सिनोजेन्स पनि प्रशस्त हुन्छ । यदि हावा नचल्ने स्थानमा चुरोट पिउने हो भने आफूलाई र आफ्नो नजीक बसेकालाई पनि क्यान्सर लाग्ने सम्भावना धेरै हुन्छ । 

७. दैनिक प्रयोग गर्ने सामग्री 
हामीले प्रयोग गर्ने सामग्री मञ्जन, बडिस्प्रे, कपालमा लगाउने जेल, क्रीम, लोशन आदि सौन्दर्य सामग्रीमा पनि क्यान्सरका कारक तत्त्वहरू हुन्छन् । उक्त सबै सामग्रीमा सोडियम लरिल सल्फेट नामक केमिकल पाइन्छ, जसले क्यान्सर रोग उत्पन्न गर्न सक्छ । 
 

पढ्नै पर्ने

लोकप्रिय