• २०८१ बैशाख १५ शनिबार

अन्तिम टेस्टमा कुकले बनाए शानदार शतक, कुमार संगकाराको रेकर्ड पनि तोडे 

kharibot

काठमाडौं । इङल्याण्डका ब्याट्सम्यान एलेस्टर कुकले आफ्नो क्यारियरको अन्तिम टेस्ट खेलमा शतक प्रहार गरेका छन् ।

हाल इङल्याण्डमा जारी भारतविरुद्ध पाँचौं तथा अन्तिम टेस्टको दोस्रो इनिङमा कुकले शतक हानेका हुन् ।यस टेस्ट पछि सन्यास लिने घोषणा गरेका कुकको शतकसँगै जारी पाँचौं टेस्टमा पनि इङल्याण्ड बलियो अवस्थामा पुगेको छ ।

लन्चसम्मको खेलमा इङल्याण्ड २ विकेटको नोक्सानीमा २ सय ४३ रन बनाउदै २ सय ८३ रनको अग्रता लिएको छ । कुकलाई कप्तान जोय रुटले क्रिजमा साथ दिइरहेका छन् । कुकले १०३ रन बनाएर खेलिरहेका छन् भने रुटले पनि ९२ रन बनाएर खेलिरहेका छन् ।

पहिलो पारीमा इङल्याण्डले ३ सय ३२ र भारतले २ सय ९२ रन बनाएको थियो ।

पहिलो पारीमा ७१ रन बनाएका कुकले टेस्ट क्रिकेटमा श्रीलंकाका कुमार संगकाराले उछिन्दै टेस्ट क्रिकेटमा धेरै रन बनाउने खेलाडीको सुचिमा पाचौ स्थानमा उक्लिएका छन्। कुकले संगाकाराको १२ हजार ४ सय रनलाई  उछिनेका हुन् । कुक अहिले पनि खेलिरहेका छन् । कुकको यो ३३औ टेस्ट शतक हो। 

टेस्ट क्रिकेटमा भारतका सचिन तेन्दुलकरले १५ हजार ९ सय २१ रन बनाउदै शिर्ष स्थानमा रहेका छन्। त्यस्तै दोस्रो स्थानमा अष्ट्रेलियाका रिक्की पोन्टिङले १३ हजार ३ सय ७८ रन बनाएका छन्। त्यस्तै दक्षिण अफ्रीकाका ज्याक कालिसले १३ हजार २ सय ८९ रन बनाउदै तेस्रो स्थानमा रहेका छन्। त्यस्तै भारतका राहुल द्रभिडले १३ हजार २ सय ८८ रन बनाउदै चौथो स्थानमा रहेका छन्।      

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय