• २०८१ बैशाख २६ बुधबार

वानिन्दु हसरंगाको टेस्ट क्रिकेटबाट सन्यास

kharibot

काठमाडौँ । श्रीलंकाका अलराउन्डर वानिन्दु हसरंगाले टेस्ट क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् ।

हसरंगाले आफ्नो निर्णयबारे जानकारी गराउँदै श्रीलंका क्रिकेट बोर्डलाई पत्र लेखिसकेका छन् । उनले सीमित ओभरको क्रिकेटमा ध्यान केन्द्रित गर्ने र राष्ट्रिय टोलीमा आफ्नो योगदानलाई थप परिस्कृत गर्न संन्यासको घोषणा गरेको जनाएका छन् ।

२६ वर्षीय लेग स्पिनर हसरंगाले टेस्ट क्रिकेटमा आफ्नो प्रभाव जमाउन सकेका छैनन् । उनले २०२० मा दक्षिण अफ्रिकाविरुद्ध टेस्ट क्रिकेमा डेब्यु गरेका थिए । अन्तिमपटक अप्रिल २०२१ मा बंगलादेशविरुद्ध सेतो जर्सीमा खेलेका उनले मात्र ४ टेस्ट खेल्दा १९६ रन र ४ विकेट लिएका छन् ।

हसरंगाले ४८ एकदिवसीय र ५८ टी-ट्वान्टी खेलिसकेका छन् । उनी एसिया कप खेल्ने टोलीमा समावेश छन् । अघिल्लो संस्करण एसिया कप जित्दा उनी श्रीलंकाली टोलीका प्रमुख सदस्य थिए । यसपटक पनि आफ्नो देशको उपाधि रक्षा गर्ने अभियानमा उनी महत्त्वपूर्ण हिस्सा हुनेछन् । एसिया कप २०२३ अगस्ट ३० देखि सेप्टेम्बर १७ सम्म श्रीलंका र पाकिस्तानमा आयोजना हुँदै छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै