• २०८१ बैशाख २७ बिहीबार

विराटले बनाए टेस्ट क्रिकेटमा २९औं शतक

kharibot

काठमाडौँ । भारतीय ब्याट्सम्यान विराट कोहलीले वेस्ट इन्डिजविरुद्धको जारी टेस्ट खेलमा शतक प्रहार गरेका छन् । सिरिजको दोस्रो टेस्टमा विराटले शतक प्रहार गर्दै आफ्नो क्यारियरमा २९औं टेस्ट शतक पुरा गरेका हुन् ।

विराटले १११ टेस्टमा आफ्नो २९औं शतक पुरा गरेका छन् । साथै अन्तराष्ट्रिय क्रिकेटमा भने विराटको यो ७६औं शतक हो । उनले टेस्टमा २९ का साथै एकदिवसीय क्रिकेटमा ४६ तथा टी-२० अन्तर्राष्ट्रिय खेलमा एक शतक बनाएका छन् ।

वेस्ट इन्डिजविरुद्धको २ खेलको सिरिजमा पहिलो टेस्ट जितेको भारतले दोस्रो टेस्टको पहिलो इनिंगमा यो समाचार तयार गरुन्जेल ४ विकेट गुमाएर ३२४ रन बनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै