• २०८१ बैशाख १६ आइतबार

प्रधानन्यायाधीशमा नियुक्त मिश्रले लिए शपथ, सर्वोच्चमा जोशीले गरे स्वागत 

kharibot

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र नियुक्त भएका छन् ।

राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा सर्वोच्च अदालतका माननीय न्यायाधीश ओमप्रकाश मिश्रलाई नेपालको प्रधान न्यायाधीश पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले  दिएको छ । 

साथै राष्ट्रपतिको कार्यालयमा आयोजित एक विशेष समारोहमा आजै राष्ट्रपतिसमक्ष नवनियुक्त सम्माननीय प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले सर्वोच्च अदालत ऐन, २०४८ को दफा ८ बमोजिम आफ्नो पदको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । 

उक्त समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, सर्वोच्च अदालतका न्यायाधीशहरु, न्यायपरिषदका सदस्यहरु, संवैधानिक निकायका प्रमुखहरु, नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीहरु, सुरक्षा निकायका प्रमुखहरु लगायत अन्य विशिष्ट महानुभावहरुको समेत उपस्थिति रहेको थियो ।

संसदीय सुनुवाई विशेष समितिले नाम अनुमोदन गरेकै दिन प्रधानन्यायाधीश नियुक्त भएर मिश्रले शपथ लिएपछि आज साँझ नै पदभार ग्रहण गरेका छन् ।

नवनियुक्त प्रधानन्यायाधीश मिश्रलाई सर्वोच्चमा स्वागत भने प्रधानन्यायाधीशमा संसदीय सुनुवाई समितिबाट अस्वीकृत भएका न्यायाधीश दीपकराज जोशीले गरेका छन् ।

संसदीय समितिले प्रधानन्यायाधीशमा अस्वीकार गरेपछि बिदामा बसेका जोशी मिश्र प्रधानन्यायाधीश नियुक्त भए लगत्तै सर्वोच्च हाजिर भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै