• २०८१ बैशाख २७ बिहीबार

रजनिकांत र अक्षयकुमारको फिल्म २.० को लागत ५ सय ४४ करोड !

kharibot

बलिवुड।  दक्षिण भारतका चर्चित फिल्म निर्माता निर्देशक एस शंकरले निर्माण र निर्देशन गरेको फिल्म २.० को लागत बारे नया खुलासा भएको छ। सुपरस्टार रजनीकान्त, अक्षयकुमार र यमी ज्याक्सन अभिनित यस फिल्म गत बर्षकै तिहारमा रिलिज हुने भनिएको भए पनि प्रदर्शन मिति सरिरहेको छ।

फिल्म निर्माणका क्रममा ७५ मिलियन डलर अर्थात् ५४४ करोड भारतीय रुपैया खर्च भएको अभिनेता अक्षय कुमारले जानकारी दिएका छन्। तामिल र हिन्दि भाषामा बनाइएको यस फिल्म अहिलेसम्म कै ठुलो लागतमा बनाइएको फिल्म मध्ये एक बनेको छ।     

बलिवुडमा फिल्म निर्माणमा पछिल्लो समय निकै पैसा खर्च गर्न थालिएको छ । बाहुबलीको दुई भाग निर्माणमा लगभग ५ सय करोड खर्च भएको फिल्मका निर्माताले बताएका थिए । अहिले रजनीकान्त र अक्षयकुमार अभिनित फिल्म २.० को कुल लागत ५४४  करोड रहेको स्वयं अक्षयकुमारले बताए पछि सबै अचम्ममा परेका छन् ।

यस सिल्मको गत बर्ष दुबईमा सार्वजनिक गरिएको फिल्मको अडियो लन्चको कुल खर्च १२ करोड रहेको थियो। 

बलिवुडमा कुनै फिल्मको अडियो लन्चमा यति पैसा अहिलेसम्म खर्च गरिएको थिएन । गत अक्टोबर २७ मा गरिएको सो कार्यक्रममा फिल्मका सबै कलाकारलाई चार्टर प्लेनबाट दुबई लागिएको थियो । बाहुबलीपछि यस फिल्मलाई दर्शकले व्यग्र प्रतिक्षा गरिरहेका छन् । यस फिल्ममा अक्षयकुमार भिलेनको भूमिकामा रहेका छन् । फिल्म आगामी नोभेम्बर २ मा रिलिज हुने भएको छ। 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै