अफ्रिकासँग बलियो गठबन्धन बनाउन युरोपेली आयोग प्रमुखको आग्रह

खरीबोट

फ्रान्स । युरोपेली आयोगका प्रमुख जाँ क्लाउड–यन्करले बुधबार अफ्रिकासँग नयाँ गठबन्धन निर्माण गर्न आग्रह गरेका छन् । उनले स्वतन्त्र व्यापार सम्झौता सहितको यो गठबन्धनले लाखौं रोजगारी सिर्जना गर्ने बताए ।

भूमध्यसागरको कठिन यात्रा पार गरेर युरोप प्रवेश गर्ने लाखौं अफ्रिकी आप्रवासीको आप्रवाह रोक्न सङ्घर्षरत युरोपेली मुलुकहरुले विकल्पमाथि विचार गर्नुपर्ने समय आएको यन्करले उल्लेख गरे । राम्रो जीवनको खोजीमा अफ्रिकी नागरिकहरु अवैध रुपमा खासगरी स्पेन र इटाली प्रवेश गर्दछन् ।

अफ्रिका र युरोपेली युनियनबीच व्यापार सम्झौताहरु गर्नुपर्ने आवश्यकता रहेको बताउदै यन्करले दुबै महादेशबीचको स्वतन्त्र व्यापार सम्झौताले अफ्रिकी मुलुकहरुमा रोजगारी सिर्जनमा मद्दत गर्ने उल्लेख गरे ।

युरोपेली संसदमा सम्बोधन गर्दै यन्करले भने, “नयाँ आर्थिक साझेदारीले आगामी पाँच वर्षभित्रै एक करोडभन्दा बढी रोजगारी सिर्जना गर्न सक्नेछ ।”

उनले युरोपेली युनियनको अफ्रिकासँगको सम्बन्धलाई विकास सहयोगका रुपमा मात्र हेरिनु नहुने बताए । “अफ्रिका दयाको पात्र होइन । अफ्रिकालाई सन्तुलित साझेदारी चाहिएको छ र युरोपलाई पनि यस्तै साझेदार चाहिएको हो ।”

सम्बन्धित समाचार

‘विदेशी व्यवसायका लागि अफ्रिकामा प्रशस्त अवसर’

अदिस । अबाबा अफ्रिकी यूनियन (एयू) का पूर्वाधार तथा ऊर्जा आयुक्त अमानी अबुजाइदले अफ्रिकामा विदेशी व्यवसाय र साझेदारीका लागि अत्यन्त उपयुक्त अवसर रहेको बताएका छन् । रुसको सेन्टपिटर्सबर्गमा हालै आयोजित रुस–अफ्रिका

दक्षिण अफ्रिकाको संकट बढ्यो, डेल स्टेन विश्वकप खेल्न नसक्ने   

काठमाडौँ । दक्षिण अफ्रिका तिब्र गतिका बलर डेल स्टेन जारी विश्वकपबाट बाहिरिएका छन् । इन्जुरीका कारण पहिलो खेल देखि नै खेल्न नसकेका स्टेन अन्तत: विश्वकप खेल्न नसक्ने भएका हुन् । स्टेनको सन्

आयोजक इङल्याण्डलाई दक्षिण अफ्रिकाको चुनौती : ब्याटिंग भर्सेज बलिङको प्रतिष्पर्धा

काठमाडौँ । एकदिवसिय क्रिकेट विश्वकपको १२औं संस्करण आजदेखि इङल्याण्ड र वेल्समा सुरु हुँदैछ । जुलाई १४ सम्म चल्ने प्रतियोगितामा १० देशले प्रतिस्पर्धा गर्दै छन् । सबै देशले एक अर्कासँग एक

दक्षिण अफ्रिकाका चर्चित खेलाडी रिचार्ड लेवी इपिएलमा पोखरा राइनोजबाट खेल्ने 

काठमाडौँ। यही मङ्सिर २२ गतेदिख शुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि सहभागी टोलीले धमाधम विदेशी खेलाडी भित्र्याउन थालेका छन् । यसै क्रममा पोखरा राइनोजले दक्षिण अफ्रिकाका चर्चित


z