• २०८१ बैशाख १६ आइतबार

न्यूजील्याण्डले दक्षिण अफ्रिकाविरुद्ध जित्यो पहिलो टेस्ट सिरिज

kharibot

काठमाडौँ । न्यूजील्याण्डले दक्षिण अफ्रिकाविरुद्धको टेस्ट सिरिज जितेको छ । दुई खेलको टेस्ट सिरिज न्यूजील्याण्डले २-० ले जितेको छ ।

शुक्रबार दोस्रो टेस्ट न्युजील्याण्डले ७ विकेटले जितेपछि सिरिज क्लीन स्वीप गरेको हो ।

दक्षिण अफ्रिकाले दिएको २६७ रनको लक्ष्य पछाएको न्यूजील्याण्डले ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । न्यूजील्याण्डलाई सहज जित दिलाउने क्रममा केन विलियम्सनले अविजित १३३ रन बनाएका थिए भने विल योंगले अविजित ६० रन बनाएका थिए ।

यस टेस्टमा दक्षिण अफ्रिकाले पहिलो इनिंगमा २४२ रन बनाएको थियो भने न्यूजील्याण्डले पहिलो इनिंगमा २११ रन बनाएको थियो । त्यसपछि दक्षिण अफ्रिकाले दोस्रो इनिंगमा २३५ रन बनाएर अल आउट भएपछि न्यूजील्याण्डले २६७ रनको लक्ष्य पाएको थियो ।

यस अघि पहिलो टेस्ट न्यूजील्याण्डले २८१ रनले जितेको थियो । यो न्यूजील्याण्डले दक्षिण अफ्रिकाविरुद्ध जितेको पहिलो टेस्ट सिरिज हो ।


  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै