• २०८१ बैशाख १६ आइतबार

अफ्रिकामा लगभग दश करोड बालबालिका तथा युवा विद्यालय बिमुख

kharibot

अदिस अबाबा । अफ्रिकामा छ देखि १९ वर्ष उमेर समूहका करिब दश करोड बालबालिका तथा युवाविद्यार्थीहरू विद्यालयबाट वञ्चित भएका कारण सामाजिक रूपमा एकीकृत नभएको  शिक्षा, विज्ञान, प्रविधि र नवप्रवर्तनका लागि अफ्रिकी युनियन (एयू) का आयुक्त मोहम्मद बेल्होसिनले बिहीबार बताएका छन् । 

बालबालिका तथा युवाहरू व्यापक जोखिममा रहेकाले आतङ्कवादी समूह, लागुऔषध व्यापारी र मानव बेचबिखनकर्ताहरूले सजिलैसँग प्रयोग गर्ने गरेको इथियोपियामा जारी एयू शिखर सम्मेलनमा बेल्होसिनले बताए । तिनीहरूमध्ये धेरै विभिन्न अपराध नेटवर्कमा समाप्त हुने वा अफ्रिकाका अन्य भागहरूलगायत महाद्वीप बाहिर बसाइँ सर्ने गरेको उनले बताए । 

उनीहरूलाई व्यावसायिक र प्राविधिक प्रशिक्षणको माध्यमबाट सहयोग गरी स्वरोजगार बन्न आवश्यक सीपहरू प्राप्त गर्न सहयोग गर्नुपर्ने कुरामा उनले जोड दिए । अफ्रिकाले कम ग्रेडमा गुणस्तरीय शिक्षा प्रदान गर्नमा अवरोधको सामना गरिरहेको छ । 

परिणामस्वरूप  अफ्रिकाका हरेक १० मध्ये नौ बालबालिकाले १० वर्षको उमेरमा साधारण  पढ्न र बुझ्नसमेत असमर्थ भएको आयुक्तले स्वीकार गरे ।

अफ्रिकालाई सन् २०२३ सम्ममा विश्वव्यापी शिक्षाको पहुँच हाँसिल गर्न करिब ९० अर्ब अमेरिकी डलरको आवश्यकता रहेको उल्लेख गर्दै उहाँले कोषलाई पूरा गर्न महाद्वीपलाई विश्वव्यापी सहयोगको आह्वान गरे ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै