• २०८१ बैशाख १७ सोमबार

बारा खाना तथा दशैं महोत्सव असोजमा हुने

kharibot

बारा। होटल तथा पर्यटन व्यवसायी संघ बाराले दोश्रो खाना तथा दशैं महोत्सव २०७५ गर्ने भएको छ । नेपालीहरुको महान् पर्व बडा दशैं तथा शुभ–दिपावलीको अवसर पारेर संघले यस बर्ष पनि खाना तथा दशैं महोत्सव गर्ने भएको हो ।

संघ बाराले यस वर्ष असोज २७ , २८ र २९ गते महोत्सव गर्ने तयारी गरेको छ । जीतपुरसिमरा उप–महानगरपालिकाभित्र हुने ३ दिने महोत्सवलाई सफल बनाउन संघले तयारी पनि तिब्र पारेको छ । 

तयारी स्वरुप विहिवार विहान बाराको सिमरामा सरोकारवाला बिच छलफल कार्यक्रम सम्पन्न भएको छ । होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछानेको अध्यक्षतामा सम्पन्न छलफल कार्यक्रममा जनप्रतिनिधि, बिभिन्न संघ–संस्थाका व्यक्ति, राजनितिक दलका प्रतिनिधि, शिक्षक, बुद्धिजिवि लगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रममा उपस्थित सहभागीहरुले महोत्सवलाई भब्य र सभ्य रुपमा सफल बनाउन आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । सबैलाई समेटेर महोत्सव गर्नुपर्ने भन्दै सहभागीहरुले सबैलाई पायक पर्ने स्थानमा कार्यक्रम गर्न सुझाव दिए । 

कार्यक्रममा बोल्दै होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछानेले सबैको साथ र सहयोगले पहिलो महोत्सव सफल भएको भन्दै आगामी दिनमा पनि यस्तै साथ र सहयोग गर्न आग्रह गरे । 

छलफल कार्यक्रम पछि विहान सरोकारवालाको टोलिले सम्भावित कार्यक्रम स्थलको अवलोकन गरेको संघका सञ्चार संयोजक प्रदिप गौतमले जानकारी दिए । महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको समेत प्रस्तुती रहँने आयोजकले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै