• २०८१ जेठ ६ आइतबार

३३ किलो सुन काण्ड : निलम्बित डिएसपी राउतलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश 

kharibot

मोरङ।  उच्च अदालत विराटनगरमा सनम शाक्यको हत्या र ३३ किलो सुन काण्डमा संलग्न रहेको आरोपमा पुर्पक्षको लागि जेल चलान भएका प्रहरी अधिकृतहरुको सुनुवाइ सुरु भएको छ । 

आज भएको सुनुवाइमा अदालतले निलम्बित डिएसपी सञ्जय बहादुर राउतलाई जिल्ला अदालतले गरेको निर्णय सदर गर्दै थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ । उच्च अदालतका न्यायाधीश थिरबहादुर कार्की र हरिप्रसाद भण्डारीको संयुक्त इजलाशले राउतलाई थुनमा राख्न आदेश दिएको हो । 

आदेशमा भनिएको छ, ‘मोहन काफ्लेको घरबाट बरामद भएको रजिष्टरमा  उल्लेखित संजय मामा भन्ने व्यक्ति यीनै सञ्जय राउत हुन्  भनी सहप्रतिवादी बिष्णुबहादुर खड्काले लेखिदिएको, उक्त रजिष्टरबाट १२ लाख सञ्जयबहादुर राउतले लिएको भन्ने उल्लेख भएको समेतका तत्काल प्राप्त प्रमाणका  आधारपछि बुझ्दै जाँदा ठहरे बमोजिम हुनेगरी यी निवेदकलाई मुद्दा पुर्पक्षका लागि  थुनामा राख्नु पर्ने अवस्था देखिन आयो ।’ 

निवेदकलाई मुद्दा पुर्पक्षको लागि थुनामा राख्ने भनी जिल्ला अदालत मोरङबाट मिति २०७५-२-८ मा भएको  आदेशलाई बेरितको नदेखिँदा केही  परिवर्तन गरिरहन नपरेको आदेशमा भनिएको उच्च अदालतका शाखा अधिकृत राजु प्रसाद दाहालले जानकारी दिए । 
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै