• २०८१ बैशाख २४ सोमबार

३३ किलो सुन काण्डका आरोपित डीएसपी केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश

kharibot

विराटनगर। उच्च अदालत विराटनगरले ३३ किलो सुन काण्डका आरोपित डीएसपी प्रजित केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। 

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या काण्डमा नेपाल प्रहरीका निलम्बिति एसएसपी दिवस लोहनीलाई उच्च अदालत विरटानगरले शुक्रबार  साधारण तारेखमा छाड्न आदेश दिएको थियो । 

लोहनीलाई जिल्ला अदालत मोरङले जेठ २८ गते दिएको आदेशलाई उल्टयाउँदै उच्च अदालतले उनलाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो ।

एसएसपी लोहनी पक्राउ पर्नुअघि अपराध अनुसन्धान महाशाखा प्रमुखको जिम्मेवारीमा थिए। सोही मुद्दामा आइतबार सुन काण्डका आरोपित डीएसपी केसी साधारण तारेखमा छुटेका हुन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै