• २०८१ जेठ ६ आइतबार

निर्मला हत्या छानबिन गर्ने नेपाल प्रहरीको समिति पुनगर्ठन, डीआइजी बस्नेत बने संयोजक

kharibot

काठमाडाैं।  नेपाल प्रहरीले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा छानविन गर्न गठित समिति पुनगर्ठन गरेको छ ।

छानबिन समितिलाई शक्तिशाली बनाउन डीआइजी धिरु बस्नेतको संयोजकत्वमा ९ सदस्यीय बनाइएको छ 

छानबिन समितिमा यसअघि संयोजक रहेका एसएसपी उत्तम सुवेदीसहित पुरानै ५ सदस्य पनि छन् । समितिलाई निलम्बनमा परेका ६ जना प्रहरी अधिकारीमाथि पनि सोधपुछ गर्ने जिम्मेवारी दिइएको छ । प्रहरीले नै प्रमाण नष्ट बनाएको भन्ने आरोप लागेसँगै प्रहरीले ६ जना प्रहरी अधिकृतलाई निलम्बन गरेको थियो ।

साउन १० गते बेपत्ता भएकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा ११ गते शव फेला परेको थियो । यो बलात्कार र हत्याको छानविनमा प्रहरीले सुरुमा नै लापरवाही गरेको आरोप लाग्दै आएको छ । मृतक निर्मलाका माता पिता अहिले न्याय माग्दै काठमाडौँमा रहेका छन् भने नागरिक समाजसहित सर्वसाधारणले निर्मलालाई न्याय दिन नसकेको बह्न्दै अहिले सरकारको आलोचना गरेका छन्। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै