• २०८१ बैशाख १४ शुक्रबार

सांसदको गुनासो : संघीय संसदको चिया खाने ठाउ बरेलीको मुसाफिर खाना जस्तो !

kharibot

काठमाडौँ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदले संसद भवनको ट्वाइलेट र क्यान्टिन गुनासो गरेका छन् । बैठकको शुन्य समयमा बोल्दै सांसद मोहन बानियाँले दुर्गमका कुरा गर्दा कसैले नसुनेको भन्दै संसद भवनको ट्वाइलेटमा पानी नाउने र सफा नभएको गुनासो गरेका छन् । 

साथै सांसद बानियाँले संसद भवनको किचन पनि सफा नभएको, पानी पर्दा चुहिने र उभिएर चिया खानुपर्ने अवस्था रहेको भन्दै उनले संघीय संसदको चिया खाने ठाउ बरेलीको मुसाफिर खाना जस्तो छ भन्दै यसको गुणस्तरलाई तुरुन्त सुधार्न सभामुख ध्यानआकर्षण गर्न चाहेको बताए ।        

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै