• २०८१ बैशाख १७ सोमबार

एनआईसी रेमिटमा हरेक चौँथो कारोबार निःशुल्क 

kharibot

काठमाडौं । “चाडपर्व मनाऔं, एनआईसी एशिया रेमिटसँगै” भन्ने नारासहित एनआईसी एशिया बैंकले दशै, तिहार र छठको उपलक्ष्यमा ग्राहकलाई आन्तरिक विप्रेषण रकम पठाउँदा हरेक चौँथो कारोबार निःशुल्क पठाउने व्यवस्था गरेको छ ।

रेमिट रकम ग्राहकहरुले यस बैंकका २४६ शाखा कार्यालयहरु, १४ वटा एक्सटेन्सन काउण्टर, १८ वटा शाखारहित बैंकिङ्ग इकाइ एवं ६,५०० भन्दा बढी सहायक प्रतिनिधिहरुमार्फत सरल र सुलभ रुपमा सेवा प्राप्त गर्न सक्ने बताइएको छ ।

यो सुविधा आश्विन, कात्तिक एवं मङ्सिर महिनासम्म लागिरहने बैंकले जनाएको छ ।

योे समयमा ग्राहकले रकम पठाउँदा उच्चलाभ प्राप्त हुने र सहज तवरबाट यस बैंकमार्फत सजिलै रकम पठाउन र निकाल्न सकिनेछ ।

आगामी मङ्सिर २९  सम्म बैंकले एनआईसी रेमिटमार्फत रकम पठाउने आफ्ना ग्राहकहरुलाई ३ पटक रकम पठाउँदा १ पटक सित्तैमा पठाउन पाउने अवसर प्रदान गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै