• २०८१ बैशाख १८ मंगलबार

निर्मला हत्या प्रकरणको प्रारम्भिक छानबिनमा त्रुटि भयो - प्रधानमन्त्री ओली 

kharibot

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछिको हत्यामा संलग्नलाई कारवाही हुने प्रतिबद्धता दोहोराएका छन्। 

ट्वीटमार्फत प्रधानमन्त्री ओलीले आफू पनि निर्मलाको अभिभावक भएकाले निर्मलाको हत्यारालाई कसैगरी छुट नहुने बताउदै निर्मलाको हत्याकाण्डको प्रारम्भिक छानबिनमा त्रुटि भएको बताएका छन् ।

उनले प्रारम्भिक छानबिनमा त्रुटि भएका कारण निर्मला पन्तको हत्यारा समयमै पत्ता लगाउन नसकिएको बताएका छन् । 

प्रधानमन्त्री ओलीले आजै निर्मलाका आमाबुबासँगको भेटमा पनि हत्यारा पत्ता लगाएर कडा कारबाही गर्ने आश्वासन दिएका थिए । 

सरकारले निर्मला पन्तको हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै चौतर्फि सरकारको आलोचना भैरहेको बेला निर्मलाको हत्या भएको ५२औ दिनपछि प्रधानमन्त्रीले सार्वजनिक रुपमा आफ्नो प्रतिबद्धता व्यक्त गरेका हुन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै