• २०८१ बैशाख १६ आइतबार

चालकहरुको आन्दोलनले यातायात ठप्प

kharibot

बारा । नेपाल स्वतन्त्र सवारीचालक संघर्ष समितिले मंगलवारदेखि सुरु गरेको आन्दोलनका कारण सार्वजनिक यातायात ठप्प भएको छ ।  

सरकारले जारी गरेको सवारी ऐन यातायात मजदुर मैत्री नभएको भन्दै संघर्षमा उत्रिएको नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिको आह्वानमा सार्वजनिक सवारी चलाउने चालकहरुले मंगलवारबाट सवारी नचलाउने घोषणा गरेका हुन् ।

ऐन संशोधनको माग राख्दै आन्दोलनमा उत्रिएको समितिले सवारी चालकको माग पूरा नभएसम्म यातायात नचलाएर सहयोग गर्न देश भरका सवारीचालकहरुसँग आग्रह समेत गरेको छ । 

सवारी चालकहरुले सवारी थन्काएर आन्दोलन सुरु गरेपछि मंगलबार बिहानैबाट बारा, पर्सा, रौतहटलगायतका स्थानमा सार्वजनिक सवारी चलेका छैनन् । सार्वजनिक सवारी नचल्दा सडक सुनसान भएको छ ।

समितिका केन्द्रीय संयोजक वसन्त शर्माले मंगलबार बिहान बाराको सिमराबाट देश भरका चालकहरुलाई सम्बोधन गर्दै सवारीचालकलाई अपराधीसरह व्यवहार गरिएको वर्तमान कानुन सरकारले संशोधन नगरेसम्म आफूहरुले सवारी नचलाउने घोषणा गरे । 

वर्तमान ऐनले सवारी चालकलाई अपराधी बनाएको र जन्मकैदसम्मको फैसला गर्ने व्यवस्था गरेको प्रति असन्तुष्ट रहेको भन्दै संयोजक शर्माले तत्काल उक्त कानुन सच्याउन माग समेत गरेका छन् ।

वर्तमान ऐन संशोधन नभएसम्म संघर्ष जारी रहने भन्दै समितिका सह–संयोजक अर्जुन अधिकारीले सवारी चालकलाई अपराधी सरह व्यवहार गरिएको कानुन संशोधन नभए चालक अनुमति–पत्र सरकारलाई बुझाएर पेशा परिवर्तन गर्नुपर्ने अवस्था आएको बताए । 

समितिका सह–संयोजक अधिकारीले आन्दोलनका क्रममा गाडी चलाउनेहरुलाई कँुनै अवरोध नगरिने भन्दै आँफूहरुको आन्दोलन आफ्नैं लागि भएकाले सोचेर कदम चाल्न चालकहरुलाई आग्रह गरे । 

आन्दोलनका नाममा सडकमा उत्रने तथा जर्वजस्ती सवारी बन्द गर्न लगाउने आफूहरुको कार्यक्रम नरहेको पनि अधिकारीले स्पष्ट पारे । 

मंगलशार बिहान बाराको सिमरामा भेला भएका सयौं सवारी चालकहरुले सरकारले कानुन संशोधनको माग पूरा नगरेसम्म आफूहरु गाडीको स्टेरिङ्गमा नबस्ने घोषणा गर्दै सरकारको विरोध गरेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै