• २०८१ बैशाख १७ सोमबार

अफगानिस्तानसँग नेपाल ७१ रनले पराजित 

kharibot

काठमाडौँ। भारतको लखनउमा जारि अन्डर-१९ एकदिवसीय चौकोणीय सिरिज अन्तर्गत तेश्रो स्थानको लागि प्लेअफमा नेपाल अफगानिस्तानसँग ७१ रनले पराजित भएको छ। 

अफगानिस्तानले दिएको २४५ रनको लक्ष्य पछायाएको नेपालले ४५ ओभरमा १७३ रन बनाउदा अलआउट भएको छ। नेपालका लागि कप्तान आफिस शेख र लोकेशबम ले सर्वाधिक २५-२५ रन बनाए भने अरुण ऐरीले २४ तथा पवन सराफले २३ रनको योगदान दिए। अफगानिस्तानका बलर रियाज हसनले ४ विकेट लिए। 

जितसँगै यस सिरिजमा अफगानिस्तान तेस्रो भएको छ भने नेपाल चौथो भएको छ। सिरिज भारतीय ए टिमलाई पराजित गर्दै भारतीय बि टिमले जितेको छ। 
 
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानको युवा टिमले ५० ओभरमा ८ विकेट गुमाउदै २४४ रन बनाएको थियो । 

अफगानिस्तानका ओपनर रियाज हसनले शतकीय पारि खेल्दै अफगानिस्तानको पारीलाई सम्हालेका थिए। हसनले नट आउट रहदै ११७ रन बनाए। त्यस्तै बसिर खान सिरले ३२, आरिफ खानले २४ तथा इजाज अहमदले १९ रनको योगदान दिएका थिए। 

नेपालका लागि सागर ढकाल, पवन सराफ र सम्सद आलमले २-२ विकेट लिएका थिए भने रशिद खानले एक विकेट लिएका थिए। त्यस्तै एक विकेट रन आउटका पाएको थियो । 

सिरिजको ४ वटै टिमले एक-अर्कासंग १-१ खेल खेलीसकेपछि अंकतालिकामा ३ वटै जितको साथ भारत यु-१९ ‘ए’ शिर्ष स्थानमा रहेको छ भने दोश्रो स्थानमा २ जित र १ हार बेहोर्दै भारत यु-१९ ‘बि’ रहेको छ । १ जित र २ हार बेहोर्दै नेपाल यु-१९ तेश्रो र सबै ३ खेलमा हार बेहोरेको अफगानिस्तान यु-१९ चौथो स्थानमा रहेको थियो ।

भारतमा सिरिज पछि नेपालले सेप्टेम्बर २९ देखि बंगलादेशमा आयोजना हुने यु-१९ युथ एसिया कपमा सहभागिता जनाउनेछ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले आयोजना गर्ने प्रतियोगिताको पहिलो खेलमा नेपालले टेस्ट राष्ट्र तथा यु-१९ बिश्व कप बिजेता भारतको सामना गर्नेछ ।

प्रतियोगितामा ८ राष्ट्रहरु सहभागी हुनेछन् जसलाई २ वटा समुहमा बिभाजन गरिएको छ। नेपाल समुह ‘ए’ मा रहेको छ जुन समुहमा साविकको विजेता अफगानिस्तान, भारत र युएई रहेका छन्। यस्तै समुह ‘बि’ मा आयोजक बंगलादेश, हंगकंग, पाकिस्तान र श्रीलंका रहेका छन्। प्रतियोगिताको खेलहरु ढाका र चिटागोंगमा हुनेछ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै