काठमाडौँ। एशिया कप अन्तर्गत अहिले भइरहेको भारत र पाकिस्तानबीचको खेलमा पाकिस्तानएल भारतलाई १६३ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिंग गरेको पाकिस्तानले ४३.१ ओभरमा अल आउट हुदै १६२ रन मात्र बनाएको छ।
पाकिस्तानका लागि बबर आजमले सर्वाधिक ४७ रन बनाए भने शोएब मल्लिकले ४३ रन बनाएका थिए। त्यस्तै फहीम अशरफले २१ तथा मोहमद आमिरले १८ रनको योगदान दिएका थिए।
भारतका बलर भुवनेश्वर कुमार र केदार जादभले ३-३ विकेट लिए भने जस्प्रित बुमराहले २ विकेट लिएका थिए। त्यस्तै कुलदीप यादवले एक विकेट लिए भने एक विकेट अम्बाती रायडूले रन आउट गराएका थिए।
एशिया कपको समुह ए मा भारत र पाकिस्तान सेमिफाइनलमा पुगिसकेकाले यस खेलको नतिजाले समुहमा पहिलो र दोस्रो हुने देश छुट्टिने छ। यस समुहबाट दुवै खेलमा पराजित भएर हङकङ बाहिरीइसकेको छ।