• २०८१ बैशाख १५ शनिबार

संसदीय सुनुवाई विशेष समितिको सभापतिमा कर्ण निर्विरोध निर्वाचित 

kharibot

काठमाडौँ। संसदीय सुनुवाई विशेष समितिको आईतवार सिंहदरबारमा बसेको बैठकले कर्णलाई सभापतिमा निर्विरोध निर्वाचित गरेको छ। 

सभापतिमा कर्णको मात्र उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गरिएको समितिका जेष्ठ सदस्य भिमसेनदास प्रधानले जानकारी दिए। 

यस अघि पनि जेष्ठ सदस्यको हैसियतमा समितिको सभापतिको भूमिका निर्वाह गर्दै आका नवनिर्वाचित सभापति कर्णले समितिको काममा आफूले समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले समितिका सबै निर्णयहरु पनि सर्वसम्मत ढंगले सम्पन्न हुने विश्वास पनि व्यक्त गरे।

बैठकमा समितिका सदस्यहरुले नवनिर्वाचित सभापति कर्ण नेतृत्वको समितिले आफ्नो कामलाई उदाहरणीय रुपमा अघि बढाउने विश्वास व्यक्त गरेका थिए। 
नवनिर्वाचित सभापति कर्ण राष्ट्रिय जनता पार्टी, नेपालका सांसद हुन्।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै