• २०८१ बैशाख २५ मंगलबार

सुनुवाइ समितिबाट स्वत: हुदै मुस्लिम आयोगको अध्यक्ष बन्दै अन्सारी 

kharibot

काठमाडौँ । संवैधानिक परिषद्ले मुस्लिम आयोगको अध्यक्षमा सिफारिस गरेका समिम मियाँ अन्सारी संसदीय सुनुवाइ समितिबाट स्वत: हुदै अध्यक्ष बन्ने भएका छन् ।

सुनुवाइ प्रक्रिया सुरू भएको ४५ दिनभित्र पूरा नभए स्वत: सिफारिस गरिएका व्यक्ति त्यस्तो नियुक्तीका लागि योग्य हुने व्यवस्था संघीय संसदको संयुक्त बैठक र समितिसम्बन्धी नियमावली अनुसार अन्सारी अध्यक्ष हुने भएका हुन् ।

गत माघ ६ गते संवैधानिक परिषद्ले पाँच संवैधानिक आयोगमा अध्यक्ष सिफारिस गरको थियो । लगत्तै माघ २० गते सुनुवाइ समितिले उनीहरूका नाममा उजुरी आह्वान गरेको थियो ।

समतिले यसअघि अन्सारीसँगै सिफारिसमा परेका प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल, समावेशी आयोगका अध्यक्ष शान्तराम सुवेदी, मधेसी आयोगका अध्यक्ष विजयकुमार दत्त र थारू आयोगमा विष्णुकुमार चौधरीको नाम भने समितिले अनुमोदन गरेको थियो ।

समितिमा अन्सारीको नाममा मात्र नक्कली नागरिकता र सर्टिफिकेटको उजुरी परेको थियो । साथै संसदीय सुनुवाइ समितिले अन्सारीविरूद्ध उजुरी परेपछि उनको नागरिकता, शैक्षिक प्रमाणपत्र र सिफारिसका बेला उनको राजनीतिक दलको सदस्यता बारे छानबिनको निर्णय गरेको थियो ।

चारै जनाको नाम अनुमोदन गर्दा नेपाली काँग्रेस र संघीय समाजवादी फोरमले भने संबैधानिक परिषदको निर्णय गैर संबैधानिक भएको भन्दै बैठक बहिष्कार गरेका थिए।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै