• २०८१ बैशाख २२ शनिबार

प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाको सुनुवाई बुधबार 

kharibot

काठमाडौ ।  संसदीय सुनुवाई समितिले प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलियाको सुनुवाई बुधबार गर्ने भएको छ ।

मंगलबार बसेको बैठकले थपलियाविरुद्ध उजुरी दिनेहरुलाई बुधबार विहान ११ बजे छलफलका लागि बोलाएको छ । उजुरीकर्तासँगको छलफलपछि थपलियासँग दिउँसो २ बजे छलफल गर्ने समितिले निर्णय गरेको छ । प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाविरुद्ध ६ वटा उजुरी परेको छ ।

समितिले सर्वोच्च अदालतका न्यायाधीशहरुको सुनुवाइ भने बिहीबार गर्ने भएको छ । उनीहरुविरुद्ध ५ वटा उजुरी परेको छ । न्यायपरिषदले हालै सर्वोच्च अदालतमा कानून व्यवसायीहरु कुमार रेग्मी, हरि फुयाल, मनोजराज शर्मा र उच्च अदालतका मुख्य न्यायाधीशहरु प्रकाश ढुंगाना र सुष्मलता माथेमालाई न्यायाधीशमा सिफारिस गरेको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै