काठमाडौँ। बलिवुड अभिनेता नाना पाटेकरले अभिनेत्री तनुश्री दत्ताको यौन शोषणको आरोपको खण्डन गर्दै आफु अब अदालत जाने बताएका छन्। १० बर्ष अघि फिल्मको एक आइटम गीतको सुटिंगको क्रममा तनुश्रीले लगाएको यौन शोषण प्रकरणमा बोल्दै पाटेकरले तनुश्रीको आरोप बेकारको भएको बताएका छन्। एक अन्तर्वार्तामा सुटिंगको सेटमा ५०-१०० जना मानिस भएको भन्दै यौन शोषणको अर्थ के हो ? भन्दै प्रतिप्रश्न गरेका छन्।
यस घटनाबारे एक महिला पत्रकार जैनिस सिकेरियाले आफु सुटिंगको समय सो ठाउमा रहेको उल्लेख गर्दै 'हॉर्न ओके प्लीज' को यस घटना बारे जानकारी गराएका छन्। 'त्यो बेला तनुश्री निकै परेशान थिइन्, उनलाई सम्हाल्न मुश्किल भइरहेको थियो, कोरियोग्राफर गणेश आचार्य, नाना पाटेकर र निर्माता केहि मुद्धामा कुरा गरिरहेका थिए, ५० भन्दा बढी डान्सर सुटिंगको प्रतिक्षा गरिरहेका थिए र अभिनेत्री तनुश्रीले सुटिंगमा सहयोग नगरेको बताइएको थियो। तर पछि सुटिंग सुरु भएको थियो।' उनले भनेका छन्।
अभिनेत्री तनुश्री दत्ताले अभिनेता नाना पाटेकरले गर्दा आफुले बलिवुड छोडेको खुलासा पछि अब कोरियोग्राफर गणेश आचार्यमाथि यौन शोषण गरेको आरोप लगाएकी थिइन् ।
पछिलो केहि बर्षदेखि अमेरिकामा रहेर हाल मुम्बई फर्किएकी तनुश्रीले सन् २००८ मा हर्न ओके प्लिजको सुटिंगका क्रममा नाना पाटेकरले आफुलाई यौन दुर्व्याव्बहार गरेको आरोप लगाएकी थिइन् । तनुश्रीको सो आरोपलाई त्यति बेला गणेश आचार्यले नाना पाटेकरको समर्थन गरेका थिए। अहिले तनुश्रीले गणेश आचार्यलाई निशाना बनाउदै गणेश पनि यौन शोषणमा बराबरको हिस्सेदार रहेको बताएकी छन्।
तनुश्रीले भनिन्, 'गणेश आचार्य झूठ बोलेका छन् । मेरो कारणले नै उनले फिल्ममा काम पाएका थिई अहिले मेरै विरुद्ध कुरा गरेका छन्। उनेल नाना पाटेकरलाई समर्थन गर्नु स्वाभाविक हो किनकी यौन शोषणमा उनी पनि बराबरका हिस्सेदार हुन्।'
कोरियोग्राफर गणेशले यस बारेमा बोल्दै धेरै पुरानो कुरा आफुलाई प्रष्ट याद नभए पनि केहि असमझदारीका कारण सुटिंग लामो समयसम्म रोकिएको थियो। तर तनुश्रीले भने जस्तो नभएको बताए।
तनुश्रीले 'हॉर्न ओके प्लीज' को आइटम गीत सुटिंगका क्रममा नाना पाटेकरले अस्वाभाविक ढंगले छोएको आरोप लगाउदै त्यति बेला आफु डरले भागेर आफ्नो भेनिटी भ्यानमा गएर बसेको बताएकी थिइन्। तनुश्रीले आफ्नो कुरा निर्माता, निर्देशक कसैले नसुनेको भन्दै यसमा गणेश आचार्यपनि उत्तिकै भागिदार भएको आरोप लगाएकी छन्।
सो घटनापछि तनुश्रीलाई बलिवुडमा फिल्म पाउन छोडिन र कुनै फिल्ममा देखा परिनन्।
सन् २००४ कि मिस इंडिया समेत रहेकी तनुश्रीले २००५ मा आशिक बनाया आपनेबाट बलिवुडमा कदम राखेकी थिइन्। सुपरहिट भएको सो फिल्मपछि उनले चकलेट, रोक, अपार्टमेन्ट जस्ता एक दर्जन फिल्ममा अभिनय गरेकी छन्।









