• २०८१ बैशाख १६ आइतबार

चेल्सीसँग लिभरपुल बराबरीमा रोकियो 

kharibot

काठमाडौँ।  इङलिश प्रिमियर लिगमा लिभरपुल चेल्सीसँग बराबरीमा रोकिएको छ।  गएराती भएको खेलमा लिभरपुल र चेल्सी १-१ गोलको बराबरीमा रोकिएका हुन्।  एक सातामा दुई पटक आमने सामने भएका यी दुई क्लब बराबरीमा रोकिए पछि लिभरपुल लिगमा दोस्रो स्थानमा झरेको छ। 

लिभरपुलका लागि डेनियल स्टुरेजले खेलको ८९औ मीने मा गोल गर्दै चेल्सीसँगको सम्भावित हारबाट बचाएका थिए।  यस अघि खेलको २५औ मिनेटमा चेल्सीका लागि इडेन हजार्डले गोल गर्दै सुरुवाती अग्रता लिएका थिए। 
यो बराबरी पछि लिभरपुलको ७ खेलमा १९ अंक भएको छ भने चेल्सीको ७ खेलमा १७ अंक भएको छ। 

यस खेलमा बराबरी भएपनि चेल्सी सन् २००८-९ देखि पहिलो पटक प्रिमियर लिगका लगातार ७ खेलमा अपराजित रहेको छ। त्यस्तै चेल्सीका इडेन हजार्डले यस सिजनमा ६ गोल गर्दै अहिलेसम्म धेरै गोल गर्ने खेलाडी बनेका छन्। 

अब चेल्सीले युरोपा लिग अन्तर्गत भीदिलसँग खेल्ने छ भने लिभरपुलले च्याम्पियन्स लिग अन्तर्गत नापोलीको सामना गर्ने छ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै