• २०८१ बैशाख १७ सोमबार

पिएसजीको जितमा नेइमारको २ गोल

kharibot

काठमाडौँ। फ्रेन्च लिग वानमा पिएसजीले लगातार आठौ जित हासिल गरेको छ। गएराती भएको खेलमा पिएसजीले निसलाई ३-० गोल अन्तरले पराजित गर्दै लिगमा लगातार आठौ जित  गरेको हो। 

पिएसजीको जितमा नेइमारले २ गोल गरे भने क्रिस्टोफोर एनकुनकुले एक गोल गरेका थिए। खेलको ५९औ मिनेटमा निसका विलान साइप्रियनले दोहोरो पहेलो कार्ड पाएपछि मैदान छोड्दा निस मा सिमित भएको थियो। 

पिएसजीले लिग वानको इतिहासमा दोस्रो पटक लिगका सुरुका आठ खेल लगातार जितेको छ। यस अघि सन् १९३६-३७ मा ओलम्पिक लिलोइसले सुरुका आठ खेल जितेको थियो। 

पिएसजीले अब अर्को खेल च्याम्पियन्स लिगमा सर्बियाको क्लब रेड स्टार बेलग्रेडसँग खेल्ने छ।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै