काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले पशुपतिनाथको दर्शनार्थ आउने दर्शनार्थीहरुको सुविधाको लागि लकर कक्ष निर्माण गरी एक कार्यक्रमकाबीच आज पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको छ ।
उक्त कार्यक्रमको उद्घाटन कोषका अध्यक्ष एवं माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द« अधिकारीले गरे । पशुपति क्षेत्र विकास कोषलाई बैंकले दिएको योगदानको माननीय मन्त्रीले उच्च प्रशंसा गरे ।
उक्त कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष रोशन के. सी.ले बैंकको अठारौ वार्षिकोत्सवको अवसर पारेर विश्वकै हिन्दूहरुको महान तीर्थस्थल पशुपतिनाथमा एउटा पुण्यको कार्य गर्न पाउँदा आफु र सम्पूर्ण माछापुच्छ्रे बैंक परिवार गौरवान्वित भएको बताए । बैंकले पशुपति मन्दिरमा आउने तिर्थालुजनहरुको सुविधाको लागि लकर घरनिर्माण गरी पाँच सय १० थान लकर राखेको हो ।
उक्त लकर कक्ष सञ्चालनमा आएपश्चात तिर्थालुजनहरुले लकरमा आफ्ना सर–सामानहरुसुरक्षित रुपमा राख्न सक्नेछन् ।
बैकले पुर्वमाझापा देखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २९शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ११७ स्थानवाट ग्राहकसुबिधा प्रदान गरीरहेको छ ।
साथै बैंकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।