• २०८१ बैशाख १७ सोमबार

माछापुच्छ्रे बैंक र एशोसिएसन अफ प्रि स्कुल एजुकेटर्स नेपालबीच सम्झौता

kharibot

काठमाडौं । माछापुच्छ्रे बैंक र एशोसिएसन अफ प्रि स्कुल एजुकेटर्स नेपालसँग आवद्ध सदस्य वा सदस्यहरुद्वारा संचालित उद्यमीहरुलाई सहुलियत कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतामा एशोसिएसन अफ प्रि-स्कुल एजुकेटर्स नेपालको तर्फबाट अध्यक्ष वद्रीप्रसाद दाहाल तथा माछापुच्छ्रे बैंकको तर्फबाट संस्थागत तथा पूर्वाधार कर्जा लगानी प्रमुख, सुभाष जमरकट्टेलले हस्ताक्षर गरेका हुन । 

सम्झौतापश्चात एशोसिएसन अफ प्रि स्कुल एजुकेटर्स नेपालसँग आवद्ध सदस्य वा सदस्यहरुद्वारा संचालित उद्यमीहरुलाई माछापुच्छ्रे बैंकले न्यूनतम  १ लाखदेखि अधिकतम  १५ लाखसम्मको सहुलियतकर्जा उपलब्ध गराउने छ । 

साना व्यवसायीहरुको मनोबल बृद्धि गरि स्वदेशमै आत्मनिर्भरता बढाउने तथा कोभिड १९ ले सिर्जित विषम परिस्थितीका कारण विगत लामो समयदेखि बन्द रहेका स्कुल तथा अन्य व्यवसायहरु विस्तारै खुल्दै जान थालेको अवस्थामा व्यवसायहरुलाई पुर्नजिवन प्रदान गर्ने उदेश्यले माछापुच्छ्रे बैंकले उक्त सम्झौता गरेको जनाएको छ ।

पूर्वदेखि पश्चिम साथै हिमालदेखि पहाड, र तराईसम्म यस माछापुच्छ्रेबैंकले  १६० वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टरसमेत गरी जम्मा २९८ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस मार्फत बाट ग्राहक हरुलाई बैंकिङ्ग सुबिधा प्रदान गर्दै आइरहेको  छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय